कक्षाको हाजिरी, एक मिनेटमा।

नेपाली विद्यालयका लागि बनाइएको सजिलो एप। शिक्षकले मोबाइलबाट हाजिरी लिन्छन्, इन्टरनेट नभए पनि। प्रधानाध्यापकले सबै कक्षा एकै ठाउँमा देख्नुहुन्छ।

कार्ड चाहिँदैन · त्यसपछि रु १,००० प्रति महिना · मोबाइल र कम्प्युटर दुवैमा

विद्यालयलाई चाहिने सबै

रजिस्टर कापी जस्तै सरल, तर हिसाब आफैं हुने।

इन्टरनेट बिना पनि

हाजिरी फोनमै सुरक्षित हुन्छ। नेट आएपछि आफैं पठाइन्छ। गाउँका विद्यालयमा पनि चल्छ।

सबै उपस्थित, अनुपस्थित मात्र थिच्ने

४० जनाको कक्षा एक मिनेटमा। रोल नं. अनुसार सूची, ठूला बटन।

अभिभावकलाई खबर

अनुपस्थित विद्यार्थीको अभिभावकलाई एक थिचाइमा SMS वा फोन। लगातार अनुपस्थित भएकालाई छुट्टै चेतावनी।

मासिक हाजिरी रजिस्टर

नेपाली महिना र मितिमा रजिस्टर। प्रिन्ट गर्नुहोस् वा Excel मा लिनुहोस्।

शुल्क, बिल र रसिद

कक्षाअनुसार मासिक बिल, यातायात र छुट, रसिद प्रिन्ट, बाँकी सूची र SMS सम्झना।

शिक्षक र कर्मचारी हाजिरी

शिक्षकले बिहान आफैं हाजिर गर्छन्। बिदा, शनिबार र चाडपर्व आफैं गनिन्छ।

हरेकलाई आफ्नै लगइन

एउटै विद्यालय, तीन किसिमका प्रयोगकर्ता। जसलाई जे चाहिन्छ, त्यही देखिन्छ।

प्रधानाध्यापक / एडमिन

विद्यालयको मालिक
  • आज कति आए, कुन कक्षा बाँकी
  • कक्षा, विद्यार्थी, शिक्षक थप्ने
  • सबै रिपोर्ट र शुल्क

शिक्षक

आफ्नो मोबाइलबाट
  • आफ्नो कक्षाको हाजिरी
  • अभिभावकलाई SMS
  • आफ्नो हाजिरी (आइपुगें)

लेखापाल

कार्यालय
  • मासिक बिल र रसिद
  • बाँकी सूची, सम्झना SMS
  • दैनिक र मासिक उठ्ती

मूल्य

एउटै प्लान, सबै सुविधा। लुकेको शुल्क छैन।

निःशुल्क परीक्षण
रु ० / २० दिन
  • सबै सुविधा खुला
  • कार्ड चाहिँदैन
  • पछि प्रिमियम लिँदा डाटा उस्तै रहन्छ
सुरु गर्नुहोस्
प्रिमियम
रु १,००० / महिना
  • ३००० सम्म विद्यार्थी, असीमित कक्षा
  • ६० सम्म शिक्षक/कर्मचारी लगइन
  • eSewa वा Khalti बाट तिर्न सकिने
२० दिन निःशुल्क